सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर प्रदेशमा देखिन सुरु गरेको छ । गण्डकी प्रदेश सरकारका नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् । संघमा गठबन्धन भत्केपछि सत्ता साझेदार दलले प्रदेशमा पनि नयाँ समिकरण बनाउने तयारी गरेका छन । कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिममा कांग्रेसका मुख्यमन्त्री रहेकाले सरकारको नेतृत्व नयाँ गठबन्धनले लिने तयारी गरिरहेको छ । 
 

प्रतिक्रिया