नयाँ गठबन्धनका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नयाँ गठबन्धन दलहरूबाट नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए  ।   ।तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए । नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपासहित नयाँ समीकरण बनाएका थिए।

प्रतिक्रिया