मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघले आज काठमाडौं आयोजना गरेको कार्यक्रममा फेरिएको राजनीतिक समिकरणबारे चर्चा गर्दै  उनले देशको परिस्थिति छिटोछिटो हिँडेको बताएका हुन । अध्यक्ष ओलीले यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताए । एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने उनको भनाइ थियो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन–२०८४ बनेको अध्यक्ष ओलीको भनाइ छ  । अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गरे । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाई थियो । अध्यक्ष ओलीले मजदुरहरुको न्युनतम ज्याला पाउने कुरा समेत कानूनमा व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताए । 

प्रतिक्रिया