पीडित मैत्री संक्रमणकालीन न्यायका कानुन बन्नुपर्छ: सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्ने बताएका छन । आज शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले करिव १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताएका हुन । सभामुख घिमिरेले २०६३ सालमा शुरु भएको शान्ति प्रक्रिया अन्र्तगतका काम हालसम्म पुरा नभएको र कानून नबनेकोमा समेत असन्तुष्टि जनाए ।  
कानून निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने सभामुख घिमिरेको भनाइ छ ।

प्रतिक्रिया