सहमति भएको झूटो भ्रम फैलाएको किसान सञ्जालको आरोप

सरकारले मध्यस्थकर्तासँग वार्ता गरेर आन्दोलनरत दुग्ध किसानसँग सहमति भएको झूटो भ्रम फैलाएको आरोप लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार राति आन्दोलनरत किसानसँग पाँचबुँदे सहमति भएको दाबी गरेपनि राष्ट्रिय किसान सञ्जालसँग आबद्ध १४ संस्थाले किसानको पूर्वघोषित आन्दोलनका कार्यक्रम यथावत् रहेको जनाएका हुन । मन्त्रालय, डेरी उद्योगी र केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध उत्पादक किसानसँग सहमति भएको र आन्दोलन फिर्ता लिएको दाबी गरिरहँदा राष्ट्रिय किसान सञ्जालले भने आन्दोलन यथावत् रहेको दाबी गरेका हुनरु। किसानका प्रतिनिधिसमेत नराखी गरिएको वार्ता स्वीकार्य नभएको सञ्जालले जारी गरेको विज्ञप्तिमा उल्लेख छरु। घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आज काठमाडौंको शान्तिवाटिका, रत्नपार्कमा बृहत् किसान प्रदर्शन हुने राष्ट्रिय किसान सञ्जाल तथा नेपाल किसान महासंघले जनाएको छ । 
 

प्रतिक्रिया