राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मिलेर जान एमाले माओवादी रास्वपा सहमत

कांग्रेस सहितको गठबन्धन भत्कियो

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मिलेर जान एमाले माओवादी रास्वपा सहमत, कांग्रेस सहितको गठबन्धन भत्कियो 

सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जान सहमत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो । सहमतिसँगै वर्तमान सत्ता गठबन्धन भत्किएको छ । लामो समयदेखि एमाले र माओवादीका दोस्रो तहका नेताहरूबीच कुराकानी जारी रहेकोमा भने त्यसमा सहमति जुटेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै नयाँ सत्ता गठबन्धन घोषणा गर्ने तयारी गरेका छन् । आज एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको सहमतिबारे जानकारी गराएका हुन् ।  एमाले सचिवालय बैठक अध्यक्ष ओली नयाँ सरकार गठनबारे छलफल गर्न बालुवाटार पुगेका छन । । बालुवाटार बैठकमा रास्वपा नेताहरु पनि सहभागी छन । आजै माओवादी, एमाले, रास्वपा, जसपा नेपाल र जनमत समेटेर पाँच सदस्सीय मन्त्रिपरिषद बनाउने तयारी दाहालको छ । एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट सम्भवत उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुने सम्भावना छ । सरकारमा रहेका मन्त्रिहरुको राजीनामा माग्ने तयारी प्रधानमन्त्रीको छ । त्यस्तै नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि समेटिने र रास्वपाका तर्फबाट सबै निर्णय लिने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ । यसैविच पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा नेपाल र रास्वपाको बैठक जारी छ । जनमतका अध्यक्ष सिके राउतले पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरेका छन ।  प्रधानमन्त्री दाहालले गत पुसमै कार्यसम्पादन कमजोर भएका मन्त्रीहरू फेर्न चाहेका थिए । तर देउवा मन्त्रिपरिषद पुनर्गठनमा तयार नदेखिएपछि प्रधानमन्त्री दाहाल नयाँ गठबन्धन बनाएका हुन ।। 
 

प्रतिक्रिया