निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । आयोगका अनुसार फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र दल दर्ता गर्नुपर्नेछ । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरिएको छ । 
 

प्रतिक्रिया