समस्या समाधान नभई घर नफर्कने लघुवित्त र मिटरब्याजी पीडितको चेतावनी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/laghu-e1709375761762_dpe1fyuadn_3mh6ctovkghcm47qefglxslrl9sdokxwqaw9t0nrxdhezh0dnekegkm7mt6k_ylUG6UJUsC_t2nxbix3y83pkizh0h87nq0ofned7goywwkoj9w7l0vcavwsxiccgijsixnw.jpg)
काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएको लघुवित्त तथा मिटरब्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् । उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिएका छन् । काठमाडौंको खुला चौरमा आश्रय लिएर बसेका लघुवित्त पीडितहरुले आफूहरुको बास उठाउने लघुवित्त संस्थाहरुको ऋण नतिर्ने जिकिर समेत गरेका छन् । पीडितहरुले नव सामन्तको रुपमा उदाएको लघुवित्त संस्था खारेज हुनुपर्ने, महिलाहरुमाथि लगाइएको सामूहिक ऋण मिनाह हुनुपर्ने, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका आफूहरुको नौ बुँदे माग सरकारले सम्बोधन गर्नैपर्ने पनि बताए ।
यता, मिटरब्याज पीडितहरुले आफूहरुको माग सम्बोधन गर्न सरकारले खासै चासो नदिएको गुनासो गरेका छन् । उनीहरुले शनिबार पनि काठमाडौँको रत्नपार्कमा विरोध प्रदर्शन गर्दै समस्या समाधानका लागि सरकारसँग वार्ता पनि जारी राख्ने र आन्दोलनको कार्यक्रमलाई पनि निरन्तरता दिने बताए ।
पीडितहरुले आफूहरुको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको भन्दै आक्रोश समेत जनाएका छन् ।
![कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm%2520Photo_unnbtCexkC_9w0p8i9epwdtagattugx0hkyijezc2tn0p7l5ddmivhgxocu9dcpgowqtygg_JdQ089Cf8S_qkhkqld10kmmbgw1t5g58iu9sczjjkbjy4le50pfgnhrem90beh9bjt8wlr2.jpeg)
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
![अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/hatpat%2520dinesh_Dh42PDEzsc_ikjktunel0ktidkjwwqhpedtvgtk9g6kwgh4zbzatpehmoect5jcnhpppnkp_DgL9c5PgwL_sexzalw8nbi8innxmhmmrcz91kv3v86p2bm18uingjlkmdheblbunzs7mmvc.jpg)
अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
![दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_7133_KQrQeDfaAa_aguzba7gyoa3hsowlxvslrkayxyii3kh63kcp4uco51jb4wjitcfplfhebrq_1Q0AimLAej_qr6uladieeiiiezytl1ehaqvhnz6n4d9raaddd4aarlruqxm5nzeczmiq7vi.jpg)
दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’
![काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium_t0xKwExeAK_ymokqbcp87ry4u9tddovgdyep7lfaaxud4jo0cdusd0bmc3cemuywh2j4xlu_TO4zOpfiuA_w4fvgj6ykidaklix0jajytef6w24bf7c99dwmeydhi3wpqnb2cbsmdyuypbn.jpeg)
प्रतिक्रिया