प्रधानमन्त्री दाहाल र ओलीविच वालुवाटारमा भेटवार्ता

संक्रमणकालीन न्याय विधयेक टुंग्याउन ओली सकारात्मक

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई भेट्न ओली बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन । झन्डै एक घण्टा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । संक्रमणकालीन न्यायसँग सबन्धित विधेयक संसद्बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयकअघि बढाउन रहेको जानकारी दिएका छन । सत्ता गठबन्धनमा चिसोपन आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले जोड दिँदै आएको शान्ति प्रक्रियासम्बन्धी काम अघि बढाउन प्रमुख प्रतिपक्षी तयार देखिएको हो । विधेयक पीडितमैत्री हुनुपर्ने अडान एमालेले राख्दै आएको छ । अहिले पनि त्यसको मूल भावनामा तलमाथि नहुनेगरी भाषा मिलाएर अघि बढाउन उसले सहमति जनाएको हो । 
 

प्रतिक्रिया