बराहक्षेत्रमा महाकुम्भ मेलाको तयारी तिब्र

काठमाडौः सुनसरीको बराहक्षेत्रको चतरामा महाकुम्भ मेलाको तयारी तिब्र गतिमा अघि बढेको छ । आगमी चैत २७ गतेदेखि २०८१ वैशाख २७ सम्म हुने महाकुम्भका लागि तयारी अघि बढाइएको हो । गुरु वालसन्त मोहनशरण देवाचार्य स्कन्द पुराणको हिमाद्री खण्डको १२ अध्यायमा उल्लेख भए अनुसार नेपालमा कुम्भ मेला लाग्ने गरेको बताउछन ।
महाकुम्भ मेलाको प्रचार प्रसार गर्न नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यको उपस्थितिमा पितरुमल अग्रवालको संयोजकत्वमा समिति समेत गठन भएको छ । 
धर्मगुरुहरुका अनुसार सोलुखम्बुको दुध कुण्डमा समुन्द्र मन्थन हुदा अमृतको घडा लिएर भगवान विष्णु धन्वन्तरीको रुपमा प्रकट भएको प्रसंग पुराणमा उल्लेख छ ।  प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने गरेको छ । यसैगरी हरेक ६ वर्षमा अर्ध कुम्भमेला आयोजना हुन्छ ।

प्रतिक्रिया