गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रताका साथ विकास भएको छः वर्षमान पुन

काठमाडौः नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताउनुभएको छ ।  प्रथम शहीद स्मृति वागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रताका साथ विकास भएको दाबी गरे ।  उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको दाबी गरे । उनले गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिब्र विकास भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको बताए । 
उपमहासचिव पुनले युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताए ।

प्रतिक्रिया