अहिलेको राजनीतिक परिस्थितिले को सरकारमा हुन्छ, भन्न सकिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थिति अनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन । अध्यक्ष ओलीले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गरे ।
अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको दाबी गरे । कोरोनाका कारण देशको अर्थतन्त्र अधोगतिमा नझरेको दाबी समेत अध्यक्ष ओलीको छ । 
 

प्रतिक्रिया