संसदले प्रश्ताव गरेकोबजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छः तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले प्रश्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताएका छन । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले सरकारले संसदले प्रश्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्नु नहुने बताएका हुन । अध्यक्ष तिमल्सिनाले सरकारले आर्थिक अवस्थालाई ध्यान दिने हो भनेपनि संसदसँग सल्लाह र छलफल गरेर सहमतिका आधारमा केही तलमाथि गर्न सकिने स्पष्ट पारे । 
अध्यक्ष तिमल्सिनाले अरु सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रियालाई रोक्न नमिल्ने भएकाले सरकारले संसदको बजेट प्रश्तावअनुसार विनियोजित गर्नुपर्ने बताए । उनले कर्मचारीहरुले बढी समय काम गरेको कुरालाई पारिश्रमीकमा नियन्त्रण गर्नु नहुने पनि उल्लेख गरे । मन्त्रीहरुले दिएका आश्वासन मन्त्रीहरुलाई स्मरण गराउन समिति जागरुक हुनुपर्ने अध्यक्ष तिमल्सिनाको भनाइ छ । 
 

प्रतिक्रिया