उपप्रधानमन्त्री खड्काको दाबीः गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन । आज काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरेका हुन । उपप्रधानमन्त्री खड्कालेजनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर समेत गरे । 
रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताए । 
अध्यक्ष खड्काले नेपाल आफैँमा खुला स्टुडियो भएपनि सबै कामहरु त्यसबाट पूरा नहुने बताए । उनले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै किसिमबाट सहयोग गरिरहेको पनि जानकारी दिए । 

प्रतिक्रिया