प्रतिनिधि सभामा बालकुमारी घटनामा आरोपी मन्त्रीको राजीनामा माग

मिटरब्याज र सहकारी पीडितबारे सरकारको जवाफ माग

नेकपा एमालेसहित राप्रपा र रास्वपाले आज प्रतिनिधि सभाको बैठक नाराबाजी गरेको छ । विवादित मन्त्रीहरूलाई कारबाही गर्न माग गर्दै तीन दलले बैठक अवरोध गरेका हुन । बैठकमा नेकपा एमालेका सांसद सुर्य थापाले बालकुमारी घटनामा दोषी करार भएका मन्त्रीलाई राजीनामा गर्न अथवा बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ भनि प्रश्न गरे । सांसद थापाले सरकार जवाफदेही हुनुपर्ने भएपनि संसदमा प्रधानमन्त्री नआएको भन्दै खोज्न उच्चस्तरिय समिति बनाउनुपर्ने हो भन्दै प्रश्न समेत गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार नभएको आरोप लगाए । अध्यक्ष लिङदेनले रुस सेनामा भर्ती भएका नेपालीहरूको विषयमा पनि सरकार आँखा भएर पनि नदेख्ने कान भएर पनि नसुन्ने भएर बसेको बताए । कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको उनको भनाइ छ । 
 

प्रतिक्रिया