सरकारलाई फागुन २१ गतेको संसद बैठकमा जवाफ दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले संसद बैठकमा सांसदहरुले उठाएका विभिन्न समसामयिक विषयहरुको जवाफ आगामी फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन । बैठकमा एमाले र राप्रपाले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेपनि घिमिरेले पुन रुलिङ गरेका हुन । सभामुखको रुलिङ सँगै प्रतिनिधि सभाको बैठक सहज रुपमा सुचारु भएको थियो । 

प्रतिक्रिया