देउवा लक्षित पर्यटनमन्त्रीको टिप्पणी: सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्ता छैन

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लक्षित अमर्यादित भद्दा टिप्पणी गरेका छन । बिहीवार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुनेकुरा चिनामै लेखिसकेको भन्दै अमर्यादित टिप्पणी गरेका हुन । पर्यटनमन्त्री किरातीले देउवाप्रति सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो नभएको भन्दै पद भन्दा जीवनमा गरेका योगदान मुख्य हुने बताएका हुन ।
मन्त्री किरातीले नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो भन्दै देउवा लक्षित टिप्पणी गरेका हुन । वायुसेवा सञ्चालक संघ, नेपालमा क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म संघको नेतृत्व गरेको प्रसंग निकाल्दै नेपालमा सबै पदहरु लामै खाने चलन रहेको उनले बताएका हुन । अर्को प्रसंगमा उनले हवाई क्षेत्र बिना पर्यटनको परिकल्पना गर्न नसकिने बताए । 

प्रतिक्रिया