रुपन्देहीको देबदहमा जनप्रतिनिधि विवाद उत्कर्षमा

नगरप्रमुख र प्रशासकीय अधिकृतले अनियमिता गरेको भन्दै कांग्रेस राप्रपाको तालाबन्दी

रुपन्देहीको देबदह नगरपालिका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा जनप्रतिनिधिले नै तालावन्दी गरिदिए पछि बिवाद उत्कर्षमा  पुगेको छ । बजेट बिनियोजनमा असन्तुष्टि जनाउदै काग्रेस र राप्रपाका प्रतिनीधिहरुले र प्रमुख र प्रशासकिय अधिकृतको कार्यकक्षमा सोमबारदेखि तालाबन्दी गरेका हुन । कोषको रकम तोक आदेशका भरमा सम्झौता  गरि रकम  भुक्तनी  दिएको, नगर प्रमुखले आफ्नो  कुल  मन्दिरमा  रकम  जम्मा  गरि  वडाको  सिफारिसमा रकम निकासा  गरेको  नदिजन्य  पदार्थ चोरी  तस्करी  गरिएको असन्तुष्ट जनप्रतिनिधिको आरोप छ ।
नगर प्रमुख  खरेलले  केही  वडा अध्यक्षको  बिमति  सूरु  देखि  नै  रहेको बताउदै नगर खेलकुद बिकास  समितिको  गठन  पछि बिवाद  बढेको बताए । उनले वडाध्यक्षको रोहवरमा तालाबन्दी र तोडफोड गर्नेविरुद्ध कानुनी उपचारमा जाने उनको चेतावनी छ । 
नगरको बैठकमा सहमति नजुटेपछि १२ मध्ये ७ वटा वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले फरक मत राखेका थिए । तर सहमति नजुटेपछि ताला लगाइएको असन्तुष्ट जनप्रतिनिधिको भनाइ छ । कार्यापालिकाको  निर्णय बिना  नगर प्रमुखले तोक आदेशको  भरमा बिभिन्न  र्शिषकमा रकम  रकम बाँडेको पनि आरोप लागेको छ । 

प्रतिक्रिया