नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको अन्तर्राष्टिय सम्मेलन सुरु

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको अन्तर्राष्टिय सम्मेलन आजवाट जापानमा सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उदघाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पु¥याउन पत्रकारहरुलाई आह्वान गरे । राजदूत सुवेदीले नेपाल र जापानविच जनस्तरमा समेत सम्बन्ध बिस्तार हुँदै गइरहेको बताए । 
सम्मेलनमा ईन्जाका अध्यक्ष गुणराज लुइँटेलले  विश्वभर रहेको पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्ष्यअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गरे । 
सम्मेलनमा एनआरएनए एसिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाल लगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलबद्ध गर्न पु¥याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गरेका थिए । पत्रकारिताका विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो । सम्मेलन तीन दिनसम्म चल्नेछ । 

प्रतिक्रिया