रसिया-युक्रेन युद्धमा फसेका नेपालीबारे संसदमा छलफल गर्न राप्रपाद्धारा जरुरी महत्वको प्रश्ताव दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागी गराइएको विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेको छ । राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रश्तावक र सांसदहरु विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया र युक्रेनबीचको युद्धमा नेपालीहरु सहभागि गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो । मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरुको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रश्ताव पेश गरिएको  प्रमुख सचेतक शाहीले बताए । 
राप्रपाले युद्ध भूमिमा फसेकाहरुलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताएको छ ।  प्रस्तावमा नेपालीहरुलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागि गराइएको उल्लेख गरिएको छ । आज संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरिएको हो । संघीय संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रश्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए । 

प्रतिक्रिया