देउवाले छलफलका लागि डाके उपसभापति र महामन्त्रीलाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाकेका छन् ।  देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि  दिउँसो तीन बजे बैठक राखिएको हो ।राष्ट्रिय सभा अध्यक्ष, केन्द्रीय समितिको बैठक आव्हान लगायतमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । देउवाले बोलाएको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने मितिका बारेमा पनि कुरा हुने छ । ७ देखि १० फागनुसम्म बसेको महासमिति बैठकले प्रतिवेदनहरु केन्द्रीय समितिबाट परिमार्जन सहित पारित हुने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका नेताहरुले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको दाबी गरेका छन् ।
 

प्रतिक्रिया