माओवादी केन्दले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

कार्यविभाजनमा उपमहासचिव शर्माको असन्तुष्टि

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्ज तय गर्नुका साथै राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो । त्यस्तै पार्टीले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि चलाउने र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णयपनि गरेको छ । 
माओवादीले कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा सचिव लिलामणि पोखरेल, वागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्ज बनाइएको छ ।  कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको भन्दै पार्टी उपमहासचिव जनादर्न शर्माले भने असन्तुष्टि जनाएका छन । 
विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहिन बनाइएको भन्दै शर्माले असहमति राखेका हुन । माओवादीले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य, प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र युरोप अमेरिका इन्चार्ज राम केसीलाई बनाएको छ । स्थायी कमिटी बैठकले मिटरब्याजी पीडित लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ । 

प्रतिक्रिया