लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकालाई गण्डकीमा सार्न एमालेको प्रस्ताव

नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रश्ताव दर्ता गरेको छ ।  गण्डकी प्रदेश सभा सचिवालयमा एमाले संसदीय दलले लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न संकल्प प्रश्ताव गरेको हो । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कालीगण्डकी तिनहुँ डाइभर्सन बहुउद्देशीय परियोजना गण्डकी प्रदेशसँग समन्वय नगरीकन अघि बढाउन खोजिएको भन्दै सो विषय खारेजीको मागपनि एमालेले गरेको छ । 
संकल्प प्रश्ताव बुझ्दै गण्डकी प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले संकल्प प्रश्ताव प्रदेश सभा सदस्यहरले एक हप्ताअघि, मन्त्रीहरुले तीन दिनअघि सचिवलाई दिनुपर्ने प्रावधान रहेको बताए । 
तीन वटै संकल्प प्रश्तावहरु सचिवले कार्यव्यवस्थाका नाममा दर्ता गर्ने तोक लगाइसकेपछि प्रक्रिया अघि बढ्ने सचिव पोखरेलले बताए । संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भएपनि अहिले लुम्बिनीमा परेको छ । गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रश्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ ।

प्रतिक्रिया

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

रतनका ३२ वर्षिय मित्र  कसरी बने   टाटा मोटर्सको महाप्रवन्धक ?

रतनका ३२ वर्षिय मित्र कसरी बने टाटा मोटर्सको महाप्रवन्धक ?

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीक…

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’

‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’