नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य

सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै आज उनी त्यसतर्फ प्रस्थान गरेकी हुन । प्रस्थान अघि काठमाडौंमा एक कार्यक्रमबीच बुद्धाचार्यलाई मोतीदेवी स्मृति केन्द्रले शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान गरेको छ । सो क्रममा उनले विगतको आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःखको स्मरण गरिन । 
यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरेकी थिइन । त्यतिवेला उनी विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै स्पेस टेलिस्कोप साइन्समा उनले पढने मौका पाएकी हुन । अहिले नासामा पनि पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि बुद्धाचार्यले मौका पाएकी हुन । 

प्रतिक्रिया