संसद सुन चोर, ठेकेदार, फाटाहा र स्पोन्सटरहरुको अखडा बन्यो: पूर्व सभामुख ढुंगाना

पूर्व सभामुख दमननाथ ढुंगानाले संघीय संसद सुन चोरहरुको संसद बनेको बताएका छन् । मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद सुन चोर, ठेकेदार, फाटाहा र स्पोन्सटरहरुको अखडा बनेको आरोप लगाएका हुन् । उनले सबै भ्रष्टाचारीहरुलाई सांसद बनाउने काम भइरहेको भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने पनि बताए । पूर्वसभामुख ढुंगानाले संविधानको आधारभुत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै जनताले आन्दोलन गरे ०७२ सालको संविधान उल्टिन सक्ने चेतावनी समेत दिए । 
कार्यक्रममा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले पनि संघीय संसदको ओझ र गरिमा घटेको बताए । उनले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । पूर्वसभामुख सापकोटाले विचारको रिक्तता र शुन्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको स्वीकार गरे । 
पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको भन्दै त्यसविरुद्ध अभियान छेड्नुपर्ने पनि बताए ।

प्रतिक्रिया