उपनिर्वाचन मतदाता नामावली अद्यावधिक आजवाट

उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत भैसकेको छ । चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय भएको छ । २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यस्तै, चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नका लागि फागुन २४ गतेदेखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने छ । चैत २८ गतेदेखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसारप्रसारको अवधि तोकिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । सुवासचन्द्र नेम्वाङको निधन पछि इलाम दुई र पृथ्वीबहादुर सिंहको मृत्युपछि बझाङ क्षेत्र नम्बर १ को एक खाली छ । 

प्रतिक्रिया