राष्ट्रिय सभा अध्यक्ष नछाडन नेतृत्वलाई माओवादी नेताको सुझाव

सत्तारुढ दल नेकपा माओवादी केन्द्र का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेका हुन । 
सैगरी बैठकमा पार्टी नेताहरुको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ ।  बैठकमा काँग्रेस महासमिति बैठक प्रश्तुत गठबन्धनसम्बन्धि धारणाका बारेमा पनि नेताहरुले प्रतिक्रिया दिएका छन । माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधवार पनि बोलाइएको छ । 

प्रतिक्रिया