मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन । स्वास्थ्य सेवा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन । मन्त्री बस्नेतले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए । 
मन्त्री बस्नेतले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पु¥याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको गुनासो पनि गरे । सरुवा गर्न लाग्नुपूर्व नै शिर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको गुनासो उनको थियो । मन्त्री बस्नेतले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए । उनले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको पनि बताए । 

प्रतिक्रिया