बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई फागुन २० गतेभित्र सरकारलाई सिफारिस गर्नेगरी अध्ययनको जिम्मा दिइएको हो ।  पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँझबुझ आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण घटना घटेको उल्लेख छ । आयोगले मन्त्री ज्वालालाई दोषी देखाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री ज्वालाको राजीनामा माग गर्दै आएको छ । कोरियन भाषाको परीक्षा फारम भर्ने विषयमा प्रदर्शनमा हुँदा बालकुमारी दुई जना युवकको मृत्यु भएको थियो । त्यस्तै सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको हो । बरथहवा ६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने विवादपछि भएको झडमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।।

प्रतिक्रिया