वर्कसपमा विस्फोट हुँदा सञ्चालकको मृत्यु, चार गम्भीर घाईते

बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न वर्कसपमा बम जस्तै देखिने बस्तु विस्फोट हुँदा वोल्डिग वर्कसपका संचालक निजगढ नगरपालिका ९ का रेशम मगरको मृत्यु भएका छ । निजगढ नगरपालिका ९ का रेशम मगरले सचालन गरेको रोहित वर्कसपमा काम गर्दैगरेको अचानक बम जस्तै देखिने बस्तु विस्फोट हुँदा रेशम सहित पाँच जना घाइते भएका थिए । तिमध्ये सञ्चालकको उपचारको क्रममा मृत्यु भएको हो । विस्फोटबाट चार जना गम्भीर घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल  र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेका छन । घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्रथामिक उपचार गरिएको थियो । हाल चार जनालाई थप उपचारका निम्ति बिरगंज पठाइएको छ । एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । प्रहरीका अनुसार विस्फोट भएको बस्तु हेर्दा बम जस्तै देखिएको र त्यो कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया