संसदले उठाएको विषयमा फागुन १८ मा  जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको छ । यस अघि प्रमुख विपक्षी नेकपा एमालेले संसदमा नाराबाजी गरेको थियो । विपक्षी दलहरुले ६ फागुनयताका हरेक बैठकमा विवादमा मुछिएका मन्त्रीहरुको राजीनामा माग गर्दै आएका थिए । आजको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित, लघुवित्त पीडितको समस्या सम्बोधन गर्न र दुग्ध किसानको भुक्तानी दिन माग गरेका छन् । नभए संसदको अर्कोदेखि राप्रपाले संसद अवरुद्ध गर्ने उनको चेतावनी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आएर जवाफ दिन मन्त्रीहरुलाई केले रोकेको छ भनेर प्रश्न गरे । ‘यदि जवाफ दिन सक्ने आधार छन्, आरोप निराधार हुन् भने सार्वभौम संसदमा उभिएर भन्न केले रोक्यो ?’ भन्दै प्रश्न गरेका छन् ।।

प्रतिक्रिया