पार्टी अध्यक्ष सन्यासमा, मुक्तिको बाटोमा जानुहोस्, पार्टी छोड्नुहोस्: महासचिव केशव झा

लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव केशव झाले अध्यक्ष महन्थ ठाकुरलाई एक पत्र पठाउँदै १६ वर्ष मधेशको नेतृत्व गरेको सन्दर्भमा श्वेतपत्र जारी गर्न आग्रह गरेका छन् । झाले कांग्रेस परित्याग गरेर मधेश राजनीतिमा होमिँदा ठाकुरले ‘बाँचे भने मधेशमा शासन सत्ता सञ्चालन गर्छु नभए वीरगति प्राप्त गरेर स्वर्गको बास बस्छु’ भनेको स्मरण गराएका हुन  । सो¥ह बर्ष मधेसको नेतृत्व गरिसकेका ठाकुरले स्वमुल्यांकन गरेर मधेशी जनतासामु श्वेतपत्र जारी गर्नुपर्ने बताएका हुन । 
 महासचिव झाले ठाकुरलाई गति बढाउनलाई गियर चेन्ज गर्ने बेला भएको सुझाव पनि दिएका छन । तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीको लिगेसिको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिन पनि उनले ठाकुरलाई आग्रह गरेक छन । जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु उपयुक्त भएको र त्यसो नहुने हो भने लोसपा थप निष्प्राण हुँदै जाने र बिस्तारै सबैले छोडेर जाने झा को दाबी छ । 

प्रतिक्रिया