इलाम-२ र बझाङ–१ मा १५ वैशाखमा उपचुनाव

वैशाख दोस्रो साता उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले  प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख १५ गते शनिवार निर्वाचन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति गर्नुपर्ने संबैधानिक व्यवस्था अनुसार निर्वाचन मिति तोकिएको आयोगले जनाएको छ । इलाम– २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ–१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो । संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो । स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था भएकाले आयोगले तत्कालै कुनै निर्णय नगर्ने बताइएको छ ।।
 

प्रतिक्रिया