मिटरब्याज पीडितलाई वार्तामा आउन गृह मन्त्रालयको पत्राचार

मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितसँग वार्ताका लागि सरकारले पहल थरेको हो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिकलाई आज पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो । पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ । पत्रमा बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा आयन आग्रह गरिएको छ । मिटरब्याज पीडितका लागि सात सय पीडित पैदल मार्च गरेर काठमाडौं आएका छन । काठमाडौं आएपछि उनीहरुले सरकारविरुद्ध प्रदर्शन सुरु गरेका छन । यसअघि सरकारले उजुरी आब्हान गर्दा २८ हजार जनाले निवेदन दिएका थिए । तिमध्ये ५ हजार निवेदनमा पीडित र साहुविच सहमति भएको छ ।  संघर्ष समितिले भने सहमति भएका कागजातविरुद्ध साहुकार अदालत गएर थुप्रै पीडितहरुको हकमा अदालतले सम्झौता उल्ट्याइदिएको जनाएको छ । सरकारी छाचनविन समितिले पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबरको लेनदेनको लिखत फेला पारेको छ ।

प्रतिक्रिया