प्रमुख प्रतिपक्ष एमालेद्वारा भौतिक पूर्वाधार सहित चार मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन । उनले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहनुभएका स्वास्थ्यमन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए । 
प्रमुख सचेतक गिरीले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरेपनि सरकारले बेवास्ता गरिरहेको बताए ।  प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्नु नपर्ने उनको भनाइ थियो ।  नागरिकका जल्दाबल्दा आवाज सरकारले नसुनेको प्रमुख सचेतक गिरीको आरोप छ । 
 

प्रतिक्रिया