बैशाख दोस्रो साता उपचुनाव गर्ने आयोगको तयारी

वैशाख दोस्रो साता उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । निर्वाचनको मिति तय गर्ने आयोग पदाधिकारीको आज बैठक बस्दैछ । निर्वाचन आयोगले प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा वैशाख दोस्रो साता उपनिर्वाचन गर्ने तयारी आयोगको छ । वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी आयोगले गरिरहेको छ । इलाम– २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ–१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो । संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो । स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था भएकाले आयोगले तत्कालै कुनै निर्णय नगर्ने बताइएको छ । 
 

प्रतिक्रिया