नेपाल अहिले भूराजनीतिको जटिल अवस्था छ: सापकोटा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाललाई नेपालीहरुले नै रक्षा गर्नुपर्ने बताए । उनले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताए । उनले राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने बताए । उनले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुयाउन नसक्ने दाबी गरे ।
उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताए । उनले कतिपय प्रियतावादीहरुलाई राजनीति चटकबाजी लागिरहेको बताए ।

प्रतिक्रिया