निर्वाचनमा एकमत भए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने डा. कोईरालाको दाबी

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रुपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमंगका साथ अघि बढ्ने दाबी गरे । उनले निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको जिकिर गरे । नेता कोइरालाले काँग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताए । नेता कोईरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौंमा आज चियापान समारोह राखेका हुन् । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको पनि उपस्थित थियो ।

प्रतिक्रिया