गणपुरक संख्या नपु¥याउन प्रतिपक्ष सांसद बाहिरिएको भन्दै प्रतिनिधि सभामा हंगामा

प्रतिनिधि सभा बैठकमा सत्तापक्षका सांसद राजन केसीले प्रतिपक्षले विधेयकमा गणपुरक संख्या नपुगोस् भनी बाहिर निस्केको भनी आरोप लगाएपछि प्रतिनिधि सभामा विवाद भएको छ । आकस्मिक समय चलिरहेको समयमा सत्तापक्ष नेपाली कांग्रेसका सांसद केसीलाई सभामुख देवराज घिमिरेले समय उपलब्ब्ध गराएका थिए । सो क्रममा सांसद केसीले बिहीबार राजनीतिक दल सम्बन्धी विधेयक पेस हुँदा एमाले सहितका प्रमुख प्रतिपक्ष दलका सांसदहरु पन्ध्र जना बाहिर निस्केर गणपुरक संख्या नपुगेको आरोप लगाएको दाबी गरे । 
सत्तारुढ सांसदको आरोप लगाए लगत्तै प्रतिपक्ष दलहरुले उनको भनाइप्रति आपत्ति जनाए । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बोल्दै संसद्मा दर्ता भएको विधेयक सत्तापक्षले पारित गर्नुपर्ने दायित्व लिनुपर्नेमा प्रतिपक्षमाथि आरोप लगाउनु गलत भएको बताए । 
बाइट ः 
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सासद विराजभक्त श्रेष्ठले संसद् चलाउने कुरा सत्तापक्षको भएकाले प्रतिपक्षलाई आरोप लगाउनु गलत भएको बताए । उनले पार्टी देशका लागि कि देश पार्टीका लागि भन्ने प्रश्न उठेको बताए । 
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्मा किन झगडा भइरहेको भनी प्रश्न उठाए । संसद्मा नआउने अनि विधेयक संसद्मा पेस नगर्नेले प्रतिपक्षलाई प्रश्न गर्न नमिल्ने उनको भनाइ छ । 
प्रमुख प्रतिपक्षलाई समय दिए लगत्तै सभामुख घिमिरेले सत्तापक्ष माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षले संख्याकै आधारमा सत्ता पक्षलाई पेल्न नमिल्ने दाबी गरे । 
सांसद सापकोटाले विकृतिका कुरा उठाउने हो भने सबै उठाउनपर्ने भन्दै प्रतिपक्षसँग संसद्मा महासचिवको तीन वटा नागरिकता र पासपोर्टको कुरा किन नउठाएको भन्दै प्रश्न गरे । विवादपछि सरकारले आफूहरुले उठाएको कुरा सम्बोधन नगरेको भन्दै एमालेले उठेर अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले आकास्मिक समय सकेर नियमित कार्यसूचीमा प्रवेश गरेको जानकारी दिए लगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका सांसदहरुले उठेर विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

प्रतिक्रिया