लघुवित्त पीडितल आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने

लघुवित्त पीडितले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने भएका छन् । देशभरका लघुवित्त तथा वित्तीयपीडित काठमाडौंको गौशालामा रहेका छन् । लघुवित्त तथा वित्तिय शोषणविरुद्द करिब तीन हजार पीडितहरू जम्मा भएर प्रदर्शन गर्न लागेका हुन । पीडितहरु कालोपुल हुँदै प्रधानमन्त्री कार्यालय घेराउको लागि पुग्ने कार्यक्रम छ । उनीहरु करिब छ दिन लगाएर मुग्लिनबाट काठमाडौंसम्म हिडेर आएका हुन । सरकारले समिति बनाएर केही काम नगरेकोमा पुन सरकारलाइ झकझकाउन आन्दोलन गर्न आफूहरू काठमाडौं आउनुपरेको पीडितको भनाइ छ । यसैविच मिटरब्याज पीडित पनि आज काठमाडौं केन्द्रित आन्दोलनका लागि आजै थानकोट आइपुग्ने भएका छन । धादिङको धार्केमा रहेको टोली साँझ सम्म थानकोट आइपुग्ने भएको हो । पूर्व पश्चिमबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौं प्रवेश गर्न लागेका हुन । न्याय मार्च नाम दिएर निस्किएका मिटरब्याजी पीडितहरुले न्याय नपाएको भनी पूर्व पश्चिमबाट पैदल हिँडेर चितवनमा भेला भएर काठमाडौं आएका हुन । मधेसका बिस जिल्ला र अरु आठ जिल्लाका पीडित न्याय मार्चमा छन । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौंको शान्तिवाटिकामा बस्ने तयारीमा छन ।। 
 

प्रतिक्रिया