राप्रपाले आज देशव्यापी आन्दोलन गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज देशव्यापी आन्दोलन गर्दै छ । आज देखि काठमाडौंसहित ७४ जिल्लामै प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको हो । काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई मागपत्र पेस गर्ने तयारी राप्रपाको छ । राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई मागपत्र बुझाउने राप्रपाको तयारी छ । राप्रपाले गत पुस ३ गते केन्द्रीय समितिबाट आन्दोलनमा जाने निर्णय गरेको थियो । राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र पुनस्र्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने राप्रपाको निर्णय छ ।
 

प्रतिक्रिया