अन्तर्राष्ट्रिय मञ्चहरुमा शान्ति र समानताका लागि वकालत गरिरहने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री पुष्पकमल दाहालले जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन् ।  चौंथो शान्ति प्रयास’ अभ्यासको आज उदघाटन गर्दै गर्दैै उनले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताएका हुन । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने प्रधानमन्त्री दाहालले बताए । 
प्रधानमन्त्री दाहालले नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित रहेको पनि स्पष्ट पारे । शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउने हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने बताए । प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारे । उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशंसा गरेको स्मरण गरे ।  नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप दश हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको समेत प्रधानमन्त्री दाहालले स्मरण गरे । 
 

प्रतिक्रिया