भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख निति: उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली काँग्रेसको प्रमुख नीति हुने बताएका छन । आज पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिवद्धता प्रश्तुत गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु नेपाली काँग्रेसको प्रमुख नीति भएको बताएका हुन । उनले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली काँग्रेसले मुल नीतिको रुपमा स्वीकार गर्ने बताए । 
उपसभापति खडकाले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताए । उनले काँग्रेसले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्ने स्पष्ट पारे । उनले वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद् र आशालाग्दो संकेत भएको उल्ल्ेख गरे । उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताए । उनले संविधानको आधारभुत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न नेपाली काँग्रेस खुला रहेको स्पष्ट पारे । 
 

प्रतिक्रिया