त्रिवि उपकुलपति नियुक्तिका लागि तीनजनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समितिका अनुसार त्रिभुवन विश्वविद्यालय ऐन बमोजिम रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलालाई सिफारिस गरिएको हो । प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा सिफारिस समितिले बढी अंक प्राप्त गर्ने ३ जना बुढाथोकी, बराल र धमलाको नाम उपकुलपतिमा नियुक्तिका लागि प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालसमक्ष पेस गरेको जनाएको छ । सिफारिस गरेकामध्ये एकजना उपकुलपतिमा नियुक्त हुनेछन । 

प्रतिक्रिया