एमाले र रास्वपाले मागे बालकुमारी घटनामा मन्त्री ज्वालाको राजीनामा

प्रतिवेदन अध्ययन गरेर कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । आज प्रतिनिधि सभा बैठकमा दुबै दलले ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । बैठकको एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरे ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट २ जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनले देखाएको अवस्थामा त्यस्ता मन्त्रीलाई पदमा राखिरहन उपयुक्त नहुने भन्दै एमालेले विरोध गरेको हो । रास्वपाका सभापति रवि लामिछानेले बालकुमारी घटनामा मन्त्री नै दोषी भएको भनेर छानबिन समितिले निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकताको प्रदर्शन नगरेको बताए । 
सभापति लामिछानेले दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको गुनासो समेत गरे । फाइल किन खोलिँदो रहेछ भन्ने ललितानिवास, सुनकाण्डमा र नक्कली भुटानी शरणार्थी प्रकरणमा देखिसकको उनको भनाइ थियो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।। 

बालकुमारी बारे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दुईजना युवाको ज्यान जानेगरी गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा जाँचबुझ आयोगको प्रतिवेदन हेरेर कारबाही हुने बताएका छन । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले दोषीलाई कारबाही हुने बताएका हुन ।  उनले उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले हेर्न नपाएको बताउँदै हेरेर थप कारबाही  अघि बढने स्पष्ट पारे । 
आजैको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाले भौतिक मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेपछि प्रधानमन्त्रीको भनाइ आएको हो । दुईजना युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई सरकारले गम्भीररु रुपमा लिएको पनि प्रधानमन्त्री दाहालले बताए । त्यसक्रममा उनले सरकारले बालकुमारी घटनाका पीडित परिवारलाई दश लाख दियो र चुप लाग्यो भन्ने कुरा सत्य नभएको पनि प्रतिक्रिया दिए । जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले उक्त घटना भएको निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा शुक्रबार बुझाइसकेको छ ।।

प्रतिक्रिया