प्रतिनिधिसभामा आज प्रधानमन्त्री र सांसदहरुबीच सवाल जवाफ हुने

प्रतिनिधिसभामा आज प्रधानमन्त्री र सांसदहरुबीच सवाल जवाफ हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केहीबेरपछि सुरु हुने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने तालिका छ । प्रधानमन्त्रीलाई आज संसदमा १३ जना सांसदले प्रश्न सोध्ने तालिका छन । आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजना लगायतका विषयमा प्र्रश्न गर्नेछन । प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न नटिपाएको संसद सचिवायलले जनाएको छ । यस्तै नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्ने तालिका छ  । कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद सचिवालयलाई बुझाएका छन् । सबै सांसदका प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन् । आजैको बैठकमा अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय दोस्रो संशोधन विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने छन् । यी बाहेक सांसदका कुरा सुन्न शून्य समयको व्यवस्था हुने संसद सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया