मधेसका मुख्यमन्त्री यादवले आज तेस्रो पटक विश्वासको मत लिँदै

जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छनरु। उनले आज तेस्रो पटक विश्वासको मत लिने भएका हुन । मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने बताएका छन । सरकार छाडेको जनमतले आफ्नो नेतृत्वमा सहमति नभए कांग्रेसलाई सघाउने जनाएको छ । एमालेले भने विश्वासको मत फिर्ता लिने जनाएको छ । जसपाबाट मुख्यमन्त्री बनेका यादवले पद सम्हालेयता आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छनरु। मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छरु। प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन्रु। लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन्रु। राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन । 
 

प्रतिक्रिया