नेत्रविक्रम चन्द बने समाजवादी मोर्चाको संयोजक

समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द बनेका छन् । आज बिहान एकीकृत समावादीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । आलोपालो नेतृत्वको प्रावधान अनुसार चन्दलाई संयोजक बनाइएको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको छ । मोर्चाको बैठकले देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम गर्ने निर्णयपनि गरेको छ । नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि नेपालले सम्हालेका थिए ।

प्रतिक्रिया