मलेखु सडक खण्डमा बस दुर्घटना,१० भन्दा भन्दा बढि यात्रु घाईते

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न –३ स्थित पृथ्वी लोकमार्गको मलेखु सडक खण्डमा बस दुर्घटना भएको छ । काठमाण्ठौ बाट देवघाट जान लागेको बस र बिपरित दिशा बाट आएको  ट्रक एक आपसमा ठोकिदा १० भन्दा भन्दा बढि यात्रुहरु घाईते भएका  बताएका छन् । दुर्घटना मलेखुको हिलटप होटल अगाडी भएको हो । बा ५ ख ५०७१ बस र लु १ क ५२६८ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  दुर्घटनाका कारण पृथ्वी लोकमार्गको मलेखु सडक  केहि बेर अवरुद्ध हुन पुगेको थियो । हाल सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ । घटनाको थप बिवरण आउन बांकी रहेको छ ।

 

प्रतिक्रिया