भौतिक यातायातमन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न एमालेका सचेतक बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका  छन् । डेढ महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेपछि उनले यस्तो माग गरेका हुन् । मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको उनले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तत्काल ज्वालालाई मन्त्री पदबाट बरखास्त गरिनुपर्ने र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने बताएका छन् उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २४ घण्टे परीक्षा सुरु भएको थियो । भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा दुई युवकले ज्यान गुमाएका थिए । शुक्रबार उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया